जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका एक कैदीलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका वडा नं १ घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ८ बस्ने ३४ वर्षीय प्रदीप लुङ्वा भनिने शंकर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार कर्तव्य ज्यान मुद्दामा सम्मानित अदालतबाट १० बर्षको कैद सजाय पाई केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारामा सजाय भुक्तान गरिरहेका उनी जेन जी आन्दोलनको क्रममा फरार भएका थिए ।
उनलाई फुङलिङ नगरपालिका वडा नं ५ स्थित वीरेन्द्रचौकमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारेको समेत प्रहरी निरीक्षक यादवले जानकारी दिए ।
प्रकाशित: २६ मंसिर २०८२ १५:१२ शुक्रबार



-600x400.jpg)

