१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
अपराध

गोकर्णेश्वरमा प्रहरीमाथि आक्रमण, गो’ ली चलाएर समातियो अपराधी

काठमाडौंको गोकर्णेश्वरमा प्रहरी टोलीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोज्ने एक व्यक्तिलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ।

बिहीबार साँझ करिब ६ः४५ बजे गोकर्णेश्वर नगरपालिका-३ गाम्चामा डलर तथा सुन लुटपाटमा संलग्न ३१ वर्षीय सुजन तामाङलाई प्रहरीले घुँडामुनि गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सस्तोमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर सर्वसाधारण ठगी तथा लुटपाट गर्दै आएको सूचनाका आधारमा प्रहरी टोली उनलाई पक्राउ गर्न पुगेको थियो।

प्रहरीलाई देख्नासाथ तामाङले धारिलो हतियारले आक्रमण गर्दै भाग्ने प्रयास गरेका थिए। आक्रमणपछि आत्मरक्षाका लागि प्रहरीले पहिले हवाई फायर गरेको र त्यसपछि पनि नरोकिएपछि उनको घुँडामुनि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ।

गोली लागेर घाइते भएका तामाङलाई उपचारका लागि अस्पताल पठाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ।

प्रकाशित: १९ कार्तिक २०८३ २१:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App