रौतहट प्रहरीले अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ।
गरुडा नगरपालिका-५ स्थित गौतम साहले सञ्चालन गरेको मदिरा पसलमा हतियार लिएर बसिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गरुडाको टोलीले गरुडा-९ का ४२ वर्षीय सदरे आलमलाई हतियारसहित पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शङ्कर आचार्यले दिएको जानकारीअनुसार हतियारसहित रक्सी पसलमा बसेको गोप्य सूचनाका आधारमा सदरेलाई नियन्त्रणमा लिएको हो।
उनको साथबाट कटुवा पेस्तोल, चार राउन्ड गोली र ६० हजार नगदसमेत बरामद गरेको आचार्यले बताए।
प्रकाशित: २३ असार २०८३ २०:०२ मंगलबार





-600x400.jpg)