३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अपराध

हत्या अभियोगमा एकजना पक्राउ

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन्।  

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार धनबहादुर र उनका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो।  

अभियुक्त महतरालाई पक्राउ गरिएको छ भने घटनापछि फरार भएका निजका छोराको खोजी भइरहेको प्रहरीले जनाएको छ।रासस

प्रकाशित: ३ चैत्र २०८२ १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App