काठमाडौं प्रहरीले ५३ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामानसहित एक जनालाई पक्राउ गरेको छ।
नागढुंगास्थित चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा भारतको दिल्लीबाट काठमाडौं आउँदै गरेको बा १ ख ३५३६ नम्बरको बसबाट बिलबिजक नभएका विभिन्न सामान बरामद गरेको हो।
बसमा लुकाइछिपाइ ल्याइएको अवस्थामा विभिन्न कम्पनीका मोबाइल, ल्यापटप, टेम्पर ग्लास, कपडा, जुत्तालगायतका सामान फेला परेको प्रहरीले जनाएको छ। बरामद सामानको प्रारम्भिक मूल्य करिब ५३ लाख रुपैयाँ बराबर रहेको छ।
घटनामा संलग्न बस चालक उदयपुर रौतामाई गाउँपालिका-६ स्थायी ठेगाना भई हाल परिवर्तित कटारी नगरपालिका-११ बस्ने ३४ वर्षीय पविन्द्र राना मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बरामद सामान र पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रकाशित: ५ भाद्र २०८३ १३:५९ शुक्रबार





-600x400.jpg)