२४ आश्विन २०८३ शनिबार
image/svg+xml
अपराध

पुरानो रिसइबी घटना : चक्कु प्रहारबाट एकको मृ*त्यु, एक गम्भीर घाइते

धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। यस्तै, अर्का युवक गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफी छन्। यस्तै, २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालका अनुसार उपचारका क्रममा साफीको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो। छुरा प्रहारबाट गम्भीर घाइते भएका राइनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

चक्कु प्रहार गर्ने २२ वर्षीय मोहम्मद इर्साद खान रहेको बताइएको छ। पुरानो रिसइबीका कारण दुवै जनाको छाती र पेटमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ। आरोपी खानलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०८३ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App