१४ असार २०८३ आइतबार
image/svg+xml
अपराध

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

सांकेतिक तस्बिर

प्रहरीले रुपन्देहीबाट भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद गरेको छ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका रु २४ लाख बराबरका मोबाइल फोनसेट बरामद गरेको हो।

रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट रु २३ लाख ९० हजार बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आईफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

प्रकाशित: १४ असार २०८३ १८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App