१७ श्रावण २०८३ आइतबार
image/svg+xml
अपराध

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरिएको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ट्रकमा रहेका ३१ वटा पोकाबाट उक्त परिमाणको गाँजा शनिबार बरामद गरेको हो।

प्रकाशित: १७ श्रावण २०८३ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App