५ श्रावण २०८३ मंगलबार
image/svg+xml
अपराध

म्याग्दीमा बालिकालाई करणी आरोपमा एक पक्राउ

म्याग्दीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

मालिका गाउँपालिका-५ देविस्थान पन्थुक बस्ने २२ वर्षीय बिकल विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

विकले ती बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरी चौकी मुना ताकमबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका विकमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ श्रावण २०८३ १६:०७ सोमबार