२८ मंसिर २०८२ आइतबार
image/svg+xml
अपराध

बिर्तामोडमा ठूलो परिमाणको लागुऔषध बरामद, कारोबारमा एमाले नेताको संलग्नता

झापाको बिर्तामोडबाट प्रहरीले ठूलो परिमाणमा भण्डारण गरेको प्रतिबन्धित लागुऔषध बरामद गरेको छ। प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा अर्जुनधारा नगरपालिका-६ का २५ वर्षीय बिनोद घिमिरेलाई नियन्त्रणमा लिएको छ।  

बिर्तामोड-५ स्थित मंगलदीप टोलमा कोठा भाडामा लिएर प्रतिबन्धित लागुऔषध भण्डारण गरेको भन्ने विशेष सूचनाको आधारमा बिहीबार अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।  

उक्त कोठाबाट ट्रमाडोल १ लाख ३ हजार ८ सय क्याप्सुल, ट्रमाडोल इन्जेक्सन १ हजार ८ सय ७० एम्पुल, ट्रमाडोल ४ हजार ५० ट्याब्लेट, डाइक्लोमाइन ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल ८ हजार ९ सय ट्याब्लेट, मिफिप्रिस्टोन र माइसोप्रोस्पल ७ हजार ६ सय ५० ट्याब्लेट बरामद गरेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ।  

शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रहरीले लागुऔषध कारोबारमा नेकपा (एमाले) का झापा जिल्ला नेता भानुभक्त खरेलको संलग्नता पाइएको बताउँदै यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले स्थानीय औषधि व्यापारी रहेका उनको खोजी भइरहेको जानकारी दिए।  

पक्राउ परेका घिमिरेले पत्रकार सम्मेलनमा खरेलको नाम लिँदै उनको निर्देशनमा काम गरेको बताए। आफू नयाँ भएको र अर्डरअनुसार डेलिभरी दिनु भनेको बताउँदै उनले आफूलाई यो लागुऔषध हो भन्ने कुरा थाहा नभएको दाबी गरे।

प्रकाशित: २ श्रावण २०८२ १७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App