किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले फरार अभियुक्तलाई पक्राउ गरेको छ।
कालीकोटको शुभकालिका गाउँपालिका–२ का २१ वर्षीय रमेश शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार २०८२ साल भदौ २२ गते राति करिब ११ बजेको समयमा शुभकालिका गाउँपालिका ८ की १८ वर्षीया एक किशोरी (परिवर्तित नाम ‘आ.व.०८२र०८३ संकेत ५९–ट)’ माथि जबरजस्ती करणी भएको थियो।
उक्त घटनापछि फरार रहेका शाहीको खोजतलासका लागि प्रहरीले विशेष टोली परिचालन गरेको थियो। सोहि क्रममा शुक्रबार बिहान १०ः३० बजे खाँडाचक्र नगरपालिका वडा नं. १ स्थित जिरो प्वाइन्ट इलाकामा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।
शाहीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको कालीकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिए।
शाहीमाथि जबरजस्ती करणी सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए।
पछिल्लो समय कालीकोट प्रहरीले गम्भीर प्रकृतिका अपराधमा संलग्न भई फरार रहेका व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिएको छ।
प्रकाशित: १ जेष्ठ २०८३ १२:३९ शुक्रबार





-600x400.jpg)