२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
अपराध

६ किलो गाँजासहित चार भारतीय पक्राउ

प्रहरीले लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सोमबार पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेटस्थित प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले पैदल यात्री तथा सवारी साधन चेकजाँच गर्ने क्रममा ६ के. जी. १८ ग्राम गाँजा जस्तो देखिने प्रदार्थसहित उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीले वीरगञ्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेको व्यक्तिहरू शंका लागि खानतलासी गर्दा भारत विहार पश्चिम चम्पारण घर भएका ३५ वर्षीय सफि अहम्मद, ३३ वर्षीय विनय ठाकुर, ३० वर्षीय मुकिम मियाँ र २८ वर्षीय महम्द एकवाल पक्राउ परेका हुन् ।

उनीहरुले आफ्नो शरीरमा लुकाएर ल्याएका गाँजा फेला परेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

उनीहरुमाथि लागु औषध सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ वैशाख २०८३ १३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App