९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अपराध

नक्कली नोटसहित चार जना पक्राउ

एक हजार दरका १०१ वटा नक्कली नेपाली नोटसहित चार जना पक्राउ परेका छन्। नेपाली नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा कपिलवस्तुका तीन स्थानमा रहेका पेट्रोल पम्पमा नक्कली नोटको कारोबार भइरहेको खुलेको हो। 

प्रहरीले फागुन १ गते बुद्धभूमि नगरपालिका–६ कोहनौलियाका ५० वर्षीय सट्टु यादवलाई नियन्त्रणमा लिएको थियो। खानतलासीका क्रममा यादवसगँ एक हजार दरका ९९ वटा नक्कली नोट बरामद गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए। अनुसन्धानका क्रममा यादवले दुई वटा नक्कली नोट प्रयोग गरी पेट्रोल पम्पमा पुगेर मोटरसाइकलमा इन्धन भरेको समेत खुलेको छ। 

यस प्रकरणमा संलग्न रहेको आरोपमा महुवाका अजय यादव, कपिलवस्तु नगरपालिका–८ कचरिहवाका संजय भनिने पटेश्वरी गुप्ता तथा ५० वर्षीया साजिदा खातुनलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ परेका चारै जनामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। अदालतबाट आठ दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।    

प्रकाशित: ८ फाल्गुन २०८२ १८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App