८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
अपराध

साढे १४ किलो चरेससहित चार जना पक्राउ

कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित बस पार्क नजिकैबाट साढे १४ किलो चरेससहित चार जना पक्राउ परेका छन्।  

प्रहरीले गोप्य सूचनाका आधारमा भारत लानका लागि शरीर र झोलामा राखिएको अवस्थामा १४ किलो ४२७ ग्राम चरेससहित मंगलवार राति ८ उनीहरूलाई पक्राउ गरेको हो।  

पक्राउ परेका मध्ये तीन जना महिला र एक जना पुरुष रहेका छन्। पक्राउ पर्नेमा बागलुङको निसिखोला गाउँपालिका – ६ का नकुल घर्ती मगर, सोहीपालिका वडा नम्बर ९ की ३७ वर्षीय दिल कुमारी घर्ती मगर, वडा नम्बर की ३७ वर्षीय मनिषा घर्ती मगर र रुकुम पूर्वको भुेम गाउँपालिका १ की ४० वर्षीय दिल कुमारी घर्ती रहेका छन् ।  

पक्राउ परेको चारै जना भरिया हुन भने मुख्य कोरोवारी फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूमाथि लागु औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए। 

प्रकाशित: ९ वैशाख २०८३ १९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App