२४ आश्विन २०८३ शनिबार
image/svg+xml
अपराध

लागूऔषध कारोबारमा संलग्न तीन भारतीयसहित ५ जना पक्राउ

प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीले नागढुंगा चेकपोइन्टबाट जनकपुरबाट काठमाडौं आउँदै गरेको बसमा सवार तीन भारतीय नागरिक र सुन्धारास्थित एक होटलबाट दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको समस्तीपुर जिल्ला वडा नम्बर २५ का १९ वर्षीय पुष्पम प्रकाश, २५ वर्षीय महेश कुमार र १९ वर्षीय सोनु कुमार रहेका छन्। त्यस्तै, धादिङको गल्छी गाउँपालिका–६ की २३ वर्षीया कृष्टि खड्की र २८ वर्षीय रामकृष्ण खड्की पनि पक्राउ परेका छन्।

काठमाडौं आउँदै गरेको बसमा सवार भारतीयको साथबाट लागूऔषध खैरो हेरोइन ३२.७३० ग्राम बरामद गरेको प्रहरीले जनाएको छ। यस्तै, अनुसन्धान गर्दै जाँदा यसैमा संलग्न रहेको आरोपमा थप दुई जनालाई काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित एक होटलबाट पक्राउ गरिएको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट ट्रामाडोलका १ हजार ११० क्याप्सुल, आठ थान मोबाइल र नगद ७५ हजार २२० रुपैयाँसमेत बरामद गरिएको छ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोट बुझाइएको ब्युरोले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०८३ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App