१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
अपराध

मोरङमा बालिकामाथि जबरजस्ती करणी गर्ने पाँच जना पक्राउ

मोरङ प्रहरीले एक बालिकामाथि जबरजस्ती करणी  गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन २ गते सुनवर्षी नगरपालिकाकी एक बालिकालाई रंगेली नगरपालिका–३ का १८ वर्षीय मोहम्मद असमानले ललाई–फकाई रंगेली–७ स्थित युमी क्याफेमा लगी विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेका थिए।

त्यसपछि सोही क्याफेका सञ्चालक सुनवर्षी नगरपालिका–९ का २१ वर्षीय सुमन कुमार साहले पनि पीडितमाथि जबरजस्ती करणी गरेको आरोप छ।

त्यसपछि साउन ४ गते राति करिब ९ बजे पीडितलाई पुनः रंगेली–७ स्थित संसारी मन्दिर नजिक रहेको द नाइन्टिज क्याफेमा लगिएको र त्यहाँ रंगेली–७ का २० वर्षीय करण मण्डल, १८ वर्षीय प्रियन्सु साह तथा रंगेली–६ का १८ वर्षीय रितिक यादवले सामूहिक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन ९ गते पाँचै जनालाई पक्राउ गरेको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: ११ श्रावण २०८३ १६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App