२० वैशाख २०८३ आइतबार
image/svg+xml
अपराध

सवारी ज्यान मुद्दाका फरार कैदी पक्राउ

सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार तिलोत्तमा नगरपालिका–१५ सखुवानीबाट २६ वर्षीय अजय थारुलाई मङ्गलबार  पक्राउ गरिएको हो।

प्रहरीका अनुसार थारु गत भदौ २४ गते कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौँमा भएको तोडफोड तथा आगजनीका क्रममा फरार भएका थिए।  

पक्राउ परेका थारुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। रासस

प्रकाशित: १६ वैशाख २०८३ ०६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App