२० पुस २०८२ आइतबार
image/svg+xml
अपराध

जेन-जी आन्दोलनमा फरार कैदी पक्राउ

गत भदौ २३ र २४ गतेको जेड पुस्ता आन्दोलनका क्रममा कारागारबाट भागेका थप एक फरार कैदी उदयपुरबाट पक्राउ परेका छन्। उदयपुरगढी गाउँपालिका ६ नेपालटारबाट बिहीबार विहान फरार कैदी हिरा राई पक्राउ परेका हुन्।  

बजारमा हल्ला गर्दै हिडेको अवस्थामा अस्थायी प्रहरी चौकी नेपालटारको गस्ती टोलीले उनलाई विहान ३ बजे नेपालटार बजारबाट पक्राउ गरेको हो। राईले प्रारम्भिक बयानको क्रममा आफूलाई वन मुद्दामा ४ वर्ष कैद सजाय सुनाएको र अव ९ महिना बाँकी रहेको बताएका छन्।  

उदयपुरगढी गाउँपालिका ६ धप्परका ३७ वर्षीय राई सुनसरीको झुम्का कारागारबाट अन्य कैदीसँगै भागेका थिए। उनलाई बिहीबारै जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको छ ।  

यसअघि उदयपुर प्रहरीले विभिन्न ठाउँबाट १ बन्दीसहित ९ जना फरार कैदी नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित: २३ आश्विन २०८२ १९:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App