१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
अपराध

कर्तव्य ज्यान मुद्दाका १० वर्षदेखि फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन्। मकवानपुरको भिमफेदी गाउँपालिका-८ सल्ले बस्ने अन्दाजी ६६ वर्षीय भीमबहादुर थिङलाई कर्तव्य मकवानपुर प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका थिङ विरुद्ध मकवानपुर जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजायको फैसला गरेको थियो। लामो समयदेखि फरार रहेका उनलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो।

पक्राउ परेका थिङलाई इलाका प्रहरी कार्यालय भिमफेदी ल्याई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित: ८ श्रावण २०८३ ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App