सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलाका दानसिंह ठाडाले श्रीमती रवीनाको हत्या गरेका छन्। आइतबार विहान साढे १ बजेतिर ४२ वर्षीय दानसिंहले ४१ वर्षकी रविनालाई चिर्पटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
श्रीमतीको हत्या गरेपछि उनले प्रहरीलाई फोन गरेका थिए। 'करेखालामा प्रहरी हवल्दारको कमाण्डमा प्रहरी पोष्ट छ, उनले हवल्दारलाई फोन गरेर आफ्नो परिचय दिँदै श्रीमतीको हत्या गरेको र पक्राउ गर्न आउन भनेका थिए,’ प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले भने, 'प्रहरी हवल्दारले जिल्लामा फोन गरेपछि प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले दानसिंहलाई विहान साढे २ बजेतिर नियन्त्रणमा लिएको छ।'
प्रहरीलाई फोन गर्नुपूर्व ठाडाले वडाध्यक्षलाई फोन गरेका थिए। 'वडाध्यक्षबाट करेखोला प्रहरी पोष्टका इन्चार्जको नम्बर मागेका रहेछन्,’ उनले भने।
प्रकाशित: ११ श्रावण २०८२ ०६:२६ आइतबार





