२२ चैत्र २०८२ आइतबार
image/svg+xml
अपराध

सानुभाइ पक्राउ

फाइल तस्बिर

‘घैँटे’ समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन्।

गुण्डागर्दीमा संलग्न रहेका उनीसहित १८ जनालाई प्रहरीले गएराति सामाखुसीबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले शुक्रबार रातिदेखि काठमाडौंमा गुण्डागर्दीविरुद्ध अपरेशस सञ्चालन गरेको छ। शुक्रबार राति प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखास्थित सुर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ यसअघि पनि पटक-पटक पक्राउ गरेर छुट्दै आएका थिए। सानुभाइ प्रहरी इन्काउन्टरमा मारिएका ‘घैँटे’का समूह हुन्।

प्रकाशित: २२ चैत्र २०८२ ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App