३२ असार २०८३ बिहीबार
image/svg+xml
अपराध

गौरको एक होटलमा युवतीमाथि सामूहिक बलात्कार प्रयास, चार भारतीयसहित ५ जना पक्राउ

रौतहट सदरमुकाम गौरस्थित एक होटलमा २१ वर्षीया युवतीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा एक नेपालीसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्।

गत असार २१ गते दिउसो १ बजेको समयमा सदरमुकाम गौरस्थित सुस्मा प्यालेस होटलमा पीडित युवतीमाथी जवरजस्ती कारण गरेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

युवती माथी जजक गरेको आरोपमा गौर नगरपालिका २ निवासी २५ वर्षीय सन्तोष राउत, भारतको बिहार राज्य मुजफ्फरपुर जिल्ला कल्याणी पञ्चायत २४ निवासी ३३ वर्षीय मोहम्मद ताजुदिन, मैरोवन पञ्चायत–२ निवासी ३७ वर्षीय जितेन्द्र कुमार, बकटपुर पञ्चायत–१ निवासी ३८ वर्षीय हसनैन आलम तथा करमवा पञ्चायत–४ निवासी ३४ वर्षीय आलोक कुमारलाइ प्रहरीले पक्राउ गरेका छन्।

प्रहरीले पक्राउ परेका अभियुक्त मध्ये केहि माथी जबरजस्ती करणी तथा करणी उद्योगसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: २३ असार २०८३ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App