सुर्खेतको गुर्भाकोट नगरपालिकामा ६२ वर्षीय वृद्धको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका-८ सुन्दरनगर बस्ने ४० वर्षीय मैते भनिने टेक बहादुर विक रहेका छन्।
सोही ठाउँ बस्ने ६२ वर्षीय मान बहादुर राजीलाई चिर्पट प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरी चौकी मेहेलकुनाबाट खटिएको टोलीले विकलाई मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो।
चिर्पट प्रहारबाट गम्भीर घाइते भएका राजीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान अघि बढाएको छ।
प्रकाशित: १० कार्तिक २०८३ १६:३८ मंगलबार





