२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
अपराध

डलर ठगी तथा लुटपाटमा संलग्न पक्राउ

प्रहरीले डलर ठगी तथा लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई गोली प्रहार गरी पक्राउ गरेको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्चामा प्रहरीले दुई राउन्ड गोली प्रहार गरी सिन्धुपाल्चोक बाह्रबिसेका सुजन तामाङलाई आज पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार पक्राउ गर्ने क्रममा तामाङले प्रहरीमाथि धारिलो हतियारले आक्रमण गरेपछि हवाई फायर र घुडामुनि गोली प्रहार गरिएको थियो।

डलर ठगी तथा लुटपाटमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपर्ने अवस्था सृजना भएको एसएसपी घिमिरेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित: २० कार्तिक २०८३ ०७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App