३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
अपराध

झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ

पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाठकले रातोपाटी डटकम कोशीका प्रमुख अर्जुन आचार्यमाथि गत फागुन १४ गते अभद्र व्यवहार गरेका थिए।  

सोही आरोपमा इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले उहाँलाई शिवसताक्षी नगरपालिका–४ बाट फेला पारी नियन्त्रणमा लिएको प्रवक्ता खड्काले जानकारी दिए।  

पाठकलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ३० फाल्गुन २०८२ १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App