२ कार्तिक २०८३ आइतबार
image/svg+xml
अपराध

जेनजी आन्दोलनमा जबरजस्ती करणी मुद्दाका फरार कैदी सुन्दरीजलबाट पक्राउ

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२, सुन्दरीजल बस्दै आएका ३० वर्षीय राज सुन्दर तामाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तामाङ जबरजस्ती करणी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा २०८२ भदौ २४ गतेको घटनाका क्रममा फरार भएका थिए।

प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोलीले उनलाई २०८३ असोज ३१ गते बिहान ११ बजे गोकर्णेश्वर नगरपालिका–२, सुन्दरीजलबाट पक्राउ गरेको हो।

पक्राउपछि तामाङलाई थप कैद भुक्तानका लागि सोही दिन ललितपुरस्थित नख्खु कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०८३ ११:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App