ताप्लेजुङ प्रहरीले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं १० घर भई हाल फुङलिङ नगरपालिका वडा नं ६ क्याम्पस लाइनमा बस्ने ३८ बर्षिय गणेश लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष पोखरेलले जानकारी दिए।
पोखरेलका अनुसार पक्राउ परेका लिम्बू माथि २०८३ साल वैशाख ३० गते बेलुकी साढे ९ बजे फुङलिङको नयाँ बसपार्क क्षेत्रमा फुङलिङ नगरपालिका वडा नं ६ बस्ने २९ वर्षीय रुपेश मादेनलाई खुकुरीले टाउको लगायत शरीरका विभिन्न भागमा पटक–पटक प्रहार गरी रगतपक्ष सख्त घाइते बनाइ घटना स्थलबाटै फरार रहेको अभियोग छ।
फरार रहेका लिम्बूलाई मेरिङदेन गाउँपालिका वडा नं ३ बाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए।
प्रकाशित: २२ जेष्ठ २०८३ ११:०४ शुक्रबार



![पोस्टर र पम्प्लेट महाधिवेशनस्थलमा छरपस्ट [फोटोफिचर]](https://images.nagariknewscdn.com/thumbs/2026/third-party/1782292677_Chitawan-600x400.jpg)

