२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अपराध

झुम्का कारागारबाट भागेकामध्ये ८१६ कैदीबन्दी अझै समम्पर्कविहीन

जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका कैदीबन्दीमध्ये अझैसम्म ८१६ जना बाहिरै रहेका छन् ।  

भदौं २४ गते राति कारागारबाट एक हजार ५७५ जना कैदीबन्दी बाहिरिएका थिए । बाहिरिएकामध्ये आफै आएका र पक्राउ गरी ल्याएका गरी ७५९ जनालाई फिर्ता ल्याइएको जेलर सुभाष लामिछानेले बताए । उनका अनुसार कारागारबाट भागेलगतै तत्काल फर्किन जेल प्रशासनले सूचना जारी गरेतापनि सुरुवातका दिनमा बढी नै आफै फर्किएता पनि पछिल्लो समय फर्किने क्रम रोकिएको  छ ।

‘धेरैजसोको सोच अब दसैं पर्व मानेर फर्किने भएकाले गर्दा धेरै संख्यामा कैदीबन्दी बाहिरै रहेका छन,’ जेलर लामिछानेले शुक्रबार साँझ भने, ‘आज मात्रै विभागबाट अब प्रत्येक जिल्लामा एउटा कमिटी बनाएर सक्रिय रुपमा काम गर्ने सकुर्लर आएकाले अब कडाईका साथ सूचना जारी गर्दा पक्कै फर्कन्छन् ।’ उनले सुरुवातमा जेल प्रशासनका तर्फबाट तत्काल फर्किन, नत्र सरकारी सेवा सुविधामा कटौती हुने भनेर सूचना जारी गरिएपनि यकिन मिति तोकेर त्यो समयसम्म नफर्किनेलाई थप कडा कारबाही भनेर सूचना गर्दा पक्कै पनि फर्कनेको संख्या बढने बताए ।

‘केन्द्रबाट जुन ढंगले अधिकार दिनुपर्ने त्यो अधिकार नहुँदा सूचना सामान्य ढंगले मात्र गर्नुपर्‍यो,’ उनले भने, ‘केन्द्रले अधिकार दिएमा थप कडा सूचना जारि गरिनेछ ।’ उनका अनुसार अब कडा ढंगले अघि बढ्र्नै अवस्था भएको उनले बताए ।  

जेन जी पुस्ताले थालेको आन्दोलनका क्रममा आन्दोलनकारी कारागार पुगेर ब्लक ‘बी’ का कैदीलाई निकाल्नुपर्ने माग राखेपछि उनीहरु निस्किएका थियो । त्यसपछि क्रमशः ब्लक ‘ए’ का पनि कैदीबन्दी निस्किएर हिडेका थिए ।  

कैदीबन्दी बाहिरिन थालेपछि जेल प्रशासनले सेनालाई खबर गरेता पनि समयमै नपुगेकाले गर्दा प्रायः अधिकतर कैदीबन्दी बाहिरिएका थिए । झुम्का कारागारको ‘ए’ र ‘बी’ कारागारबाट भागेर आएका र जेनजी आन्दोलनपछि विभिन्न मुद्दा फैसला भएर सजाय तोकेर थपिएका गरि १ हजार १४ जना कैदीबन्दी रहेका छन् । 

प्रकाशित: १० आश्विन २०८२ १९:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App