२२ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
अपराध

लागुऔषधसहित ३१ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङबाट छ, झापाबाट पाँच, बाँकेबाट तीन, सुनसरी, बारा, चितवन, बागलुङ, सिरहा, मोरङ र कैलालीबाट दुई/दुई तथा रसुवा, काठमाडौँ र सप्तरीबाट एक/एक जना पक्राउ परेका छन्।

प्रहरीले उनीहरूका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने स्पास्पेन र ट्रामाडोल, डाइजेपाम, नोर्फिन, फेनारगन र प्रोमेथ बरामद गरेको थियो।

प्रकाशित: २२ जेष्ठ २०८३ १५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App