सुर्खेत प्रहरीले बिहीबार वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थानबाट लागुऔषध सेवन गर्ने, झैझगडा गर्ने तथा विभिन्न मुद्दामा संलग्न २८ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजंग बुढथापाका अनुसार नियन्त्रणमा लिइएकामध्ये २७ जना पुरुष र एक महिला रहेका छन्।
प्रहरीले नियन्त्रणमा लिएकामध्ये चौकुने गाउँपालिका–७ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–८ बस्दै आएका ३६ वर्षीय सर्जन शाही र ३५ वर्षीया दुर्गा शाहीको साथबाट १९४ ग्राम लागुऔषध चरेस बरामद गरिएको जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
प्रकाशित: १० वैशाख २०८३ १७:३० बिहीबार




-600x400.jpg)
