अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २५ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं, काठमाडौंका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४८ ग्राम ९ सय ५० मिलिग्राम, डिजिटल तराजु २ थान र नगद ९० हजार रूपैयाँ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सिराहा सिरहा नगरपालिका-१४ ठेगाना भएका २७ वर्षीय रितेष कुमार यादव र सिराहा मिर्चैया नगरपालिका-३ ठेगाना भएका २२ वर्षीय अभिषेक यादवलाई ३७ ग्राम सहित बिहीबार, मोरङ बेलवारी नगरपालिका-१० ठेगाना भएका २९ वर्षीय मनोज बस्नेतलाई १३ ग्राम ९ सय ५० मिलिग्राम सहित शुक्रबार र १७ वर्षीया किशोरीलाई ९८ ग्राम सहित शनिबार पक्राउ गरेको हो।
यसैगरी, काठमाडौं महानगरपालिका-७ कुमारी गालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३९ वर्षीय विकाश श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थानस्थित पशुपति होटल एण्ड गेष्ट हाउसको १२३ नम्बरको कोठाबाट सिराहा अर्नामा गाउँपालिका-२ घर भएका ३० वर्षीय सुरज कुमार महत्तो र सप्तरी सुरूङ्गा नगरपालिका-५ घर भएका १७ वर्षीय किशोरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम ६ सय ४० मिलिग्राम र डिजिटल तराजु सहित फेला पारी प्रहरीले पक्राउ गरेको छ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ तिनकुनेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३ ग्राम ६ सय मिलिग्राम र नगद २१ हजार रूपैयाँ सहित काठमाडौं महानगरपालिका-३२ तिनकुने गैरीगाउँ बस्ने पर्सा वीरगंज महानगरपालिका-१ घर भएका २६ वर्षीय प्रदिप कुमार कुशवाह समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुनसरी, बराहक्षेत्र नगरपालिका-५ मुसहरी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट र नाईट्रोसन ५० ट्याब्लेट सहित रामधुनी नगरपालिका-५ हात्तीसार बस्ने ३० वर्षीय मनिराज राई समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
महोत्तरी, सोनमा गाउँपालिका-१ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २१ किलो १० ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रौतहट बौधीमाई नगरपालिका-२ इनर्वा टोल बस्ने ४३ वर्षीय गर्भु प्रसाद पटेल र महोत्तरी सोनमा गाउँपालिका-६ मगरथाना बस्ने ३६ वर्षीया उषा कुमारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रदेश २-०२-००५ प ३२९४ नम्बरको मोटरसाइकमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा उषाको गौशाला नगरपालिका-४ पानी ट्याङ्की नजिक डेरा कोठाबाट गाँजा जस्तो देखिने पदार्थ १० किलो ३ सय ७५ ग्राम फेला पारी प्रहरीले बरामद गरेको छ।
जाजरकोट, नलगाड नगरपालिका-७ कालिमाटी बस्ने २२ वर्षीय नरेन्द्र सुनार र सोही नगरपालिका-५ बस्ने २२ वर्षीय पुनित शर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र नगद ३९ हजार ९ सय ३५ रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला कारागार जाजरकोटामा थुनामा रहेका व्यक्तिलाई भेट्न आएका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
झापा, बिर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने २४ वर्षीय अरबस अनसारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ सय ट्याब्लेट सहित सिन्धुली दुधौली नगरपालिका-३ बस्ने २९ वर्षीय रोशन भुजेललाई गए राति प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजीपबाट खटिएको प्रहरीले गाईघाटबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख ९७१६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
दाङ, शान्तिनगर गाउँपालिका-४ गब्दुवा सुन्दर सामुदायिक वन जाने बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित तुलसीपुर उपमहानगरपालिका-१ पाठक चोक बस्ने २७ वर्षीय रबिन भन्ने चुरामणी धिताललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ अन्नपूर्ण चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय सुमित पौदारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ कर कार्यालय नजिकै डेरा गरी बस्ने दैलेख नारायण नगरपालिका-८ घर भएका ३१ वर्षीय देबेन्द्र थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधई चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम सरावल गाउँपालिका-४ ललितपुर बस्ने २१ वर्षीय दरपन यादव र २३ वर्षीय असिम आलम शेख रहेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ९ भाद्र २०८३ १५:०७ मंगलबार





