६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
अपराध

लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना समातिए

अवैध लागूऔषध प्रहरीले देशका विभिन्न स्थानबाट २४ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका-८ पशुपति नजिकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५० ग्राम सहित ललितपुर बालकुमारी बस्ने सुर्खेत भेरीगंगा नगरपालिका-१२ घर भएका २५ वर्षीय खिमराज कठायतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ६० वर्षीया साईली तामाङलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ एम्पुल, नोर्फिन ५ एम्पुल र फेनारगन ५ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने ३६ वर्षीय विशाल आङ्देम्बे र काभ्रे चौरीदेउराली गाउँपालिका-६ घर भएका २५ वर्षीय नवराज नेपाली रहेका छन्।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले विशालको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

सुनसरी, धरान उपमहानगरपालिका-८ सम्पाङ चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ट्याब्लेट र डिकोलिक २ हजार ट्याब्लेट सहित हरिनगरा गाउँपालिका-६ बस्ने २१ वर्षीय अंजक अंसारी समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी चौकी बरगाछी धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरिया बस्ने २७ वर्षीय हरिस राना र २८ वर्षीय फुलचरण रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा फुलचरणको घरबाट ८ ग्राम ८ सय ७० मिलिग्राम र हरिसको घरबाट ६ सय ५० मिलिग्राम उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६८ ग्राम ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-६ बस्ने २६ वर्षीय अखिलजन विक्रम शाह र कैलाली गोदावरी नगरपालिका-१० बस्ने १९ वर्षीय विकास साउद रहेका छन्।

इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००६ख २५९५ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित गौरीगंगा नगरपालिका-७ बस्ने २८ वर्षीय शिव कामी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी जनकपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.७ प ४४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कैलाली, धनगढीउपमहानगरपालिका-१३ एयरपोर्ट मोडबाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने १९ वर्षीय लक्ष्मण रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

यसैगरी कैलाली, भजनी नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका-२ बस्ने २९ वर्षीय दिपक दमाईलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

रौतहट,चन्द्रपुर नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा चन्द्रपुर नगरपालिका-४ बस्ने ३६ वर्षीय सन्देशकुश्वार र सिन्धुली हरिहरपुरगढी गाउँपालिका-४ बस्ने ३० वर्षीय अरूण जंग राई रहेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले निजगढबाट चपुरतर्फ आउँदै गरेको बा.१७ प ७४३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

झापा, दमक नगरपालिका-६ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ४० मिलिग्राम र नगद ३ हजार ५ सय रूपैयाँ सहित दमक नगरपालिका-१ बस्ने सुनसरी घर भएकी २७ वर्षीया विमला दाहाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ इन्द्रेणीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय हरसिंह राजबंशी समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय मिलिग्राम सहित सोही नगरपालिका-६ भानुटोल बस्ने ३८ वर्षीय जिवन घिमिरेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-००२ ह ७३१२ नम्बरको सिटी सफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ कमलडाँडा बस्ने राक्सिराङ गाउँपालिका-३ घर भएका २२ वर्षीय प्रतिक ठकुरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ५ जेष्ठ २०८३ १५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App