अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २३ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सुनसरी रामधुनी नगरपालिका-३ बस्ने ३२ वर्षीय सबिन चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुनसरी, कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम सहित धनकुटा छथर जोरपाटी गाउँपालिका-३ बस्ने २९ वर्षीय लक्ष्मण बिष्टलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलाली, टीकापुर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-७ भीमापुर बस्ने १९ वर्षीय सनम थारूलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टीकापुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ जेपि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय बेख लाल राना र २८ वर्षीय भक्तु राना रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ।
उदयपुर, कटारी नगरपालिका-६ बैनाज पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित सोही नगरपालिका-४ सिम्ले डेरा गरी बस्ने उदयपुर, उदयपुरगढी गाउँपालिका-६ बाउनटार घर भएका ३० वर्षीय नर बहादुर पुलामी मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
बाँके, खजुरा गाउँपालिका-७ गुनाहाना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २९ वर्षीय वसिम जसगढ समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
धनुषा, धनौजी गाउँपालिका-३ कटैया चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट सहित हंसपुर नगरपालिका-१ मानसिपट्टी बस्ने २० वर्षीय ओम मण्डल समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.२-०३-०१७ प ६०१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१९ शिवपुरबाट अवैध लागूऔषध गाँजा करिब १ किलो १ सय ग्राम सहित बारा घर भएका ५० वर्षीय राम कनाही महतोलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
झापा, गौरादह नगरपालिका-२ डिठ्ठा चोक बस्ने ३१ वर्षीय विवेक राजवंशी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दमक समेतबाट खटिएको प्रहरीले विवेकको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्र.१-०१-०१२ प ५६६८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुल अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-९ गरामनी बस्ने ३५ वर्षीय राज कुमार कामती र उनकै श्रीमती ३३ वर्षीया मनिका कामती रहेका छन्। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले मे.९ प ४०७१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङ, कानेपोखरी गाउँपालिका-७ शुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय समिर राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सप्तरी, बोदेबरसाईन नगरपालिका-९ स्वर्णपट्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३१ ग्राम ९ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा शम्भुनाथ नगरपालिका-८ पोखरिया बस्ने ३८ वर्षीय त्रिलोकी चौधरी र सोही नगरपालिका-७ भङ्हा टोल बस्ने ३२ वर्षीय सन्तलाल दास रहेका छन्।
इलाका प्रहरी कार्यालय कडरबोना समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.७ प ८५२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
इलाम, सूर्योदय नगरपालिका-११ तीनघरे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पाँचथर फिदिम नगरपालिका-१ बस्ने ३१ वर्षीय भुबन राय र ३६ वर्षीय सन्जु तामाङ रहेका छन्। प्रहरी चौकी तीनघरेबाट खटिएको प्रहरीले झापाबाट पाचँथरतर्फ जाँदै गरेको मे.८ प ७८६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ६ असार २०८३ १७:४० शनिबार

