जुम्लाको कारागारबाट भागेका २२ जना अझै फरार छन्।
मंगलबार राति भागेका ३६ जना कैदीबैन्दी मध्ये २२ जना सम्पर्कमा आएका छैनन । जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रबिनबाबु रेग्मीका अनुसार राति भागेका ५ जना कैदीलाई उतिबेलै नियन्त्रणमा लिएको थियो। ´१४ जना कैदी कारागार फर्किएका छन् । शनिबार ३ जना कैदीलाई नियन्त्रणमा लिइएको छ,’ उनले भने ।
एक नाबालकसहित कारागारमा कुल ९८ जना कैदी थिए।
प्रकाशित: २८ भाद्र २०८२ २१:५६ शनिबार





