१९ वैशाख २०८३ शनिबार
image/svg+xml
अपराध

सजाय भुक्तान नगरी भागेका २१ जना पक्राउ

उदयपुर प्ररहीले विभिन्न अभियोगमा दोषी प्रमाणित भए पनि भाग्दै आएका २१ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले गएको तीन दिनमा विभिन्न मुद्दाका २१ फरार प्रतिवादी पक्राउ गरेको हो ।  

पक्राउ परेकाहरुमा गाली बेइज्जती मुद्दाका ८ जना रहेका छन् भने कुटपिट मुद्दाका ६ जना छन् । त्यसैगरि जालसाजी अभियगका ३ जना, अभद्र व्यवहारका २ जना, नाता कायम मुद्दाका १ जना र करकाप कागज मुद्दाका १ जना रहेका छन् ।  

अदालतबाट दोषी प्रमाणित भईसक्दा पनि भागिहिडेका उनीहरुलाई तोकिए बमोजिम जरिवाना र कैद सजाय भुक्तानका खोजविनको क्रममा विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । उनीहरु २१ जना सबैलाई सजाय भुक्तानका लागि जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी चिरञ्जीवी थापाले बताएका छन् । 

प्रकाशित: १७ वैशाख २०८३ १९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App