११ चैत्र २०८२ बुधबार
image/svg+xml
अपराध

बाल सुधार गृहबाट भागेका १७ जना पक्राउ

भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृहबाट आइतबार फरार भएका २० जना बन्दीमध्ये प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ ।

२०८२ भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा बाल सुधारगृहको गेट फोडेर फरार भएका एक सय ६५ बन्दी नफिर्किएकाले आफूहरू पनि जान पाउनुपर्ने माग गर्दै सुधार गृहबाटै विद्रोह गरेर गेट फुटाएर २० बालबन्दी आइतबार दिउँसो फरार भएका थिए ।

फरार भएकामध्ये आइतबार र आज गरी १७ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए । बाँकी तीन जनाको पनि खोजीकार्य जारी भइरहको उनले बताए ।

बाल सुधारगृहमा प्रहरी प्रवेश गर्न नपाउने, आन्तरिक सुरक्षाको व्यवस्था प्रहरीसँग नरहेकाले बन्दीहरूबीच झडप हुने, फरार हुने क्रम यसअघि पनि हुने गरेको थियो ।  

बन्दीहरू फरार भएको खबर आएपछि मात्रै प्रहरीले सुधारगृह बाहिर उनीहरूको खोजीकार्य सुरु गरेको प्रहरी नायब उपरीक्षक ढुङ्गानाले  बताए ।

प्रकाशित: १७ कार्तिक २०८२ २२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App