२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
अपराध

७ जिल्लाबाट लागूऔषध सहित १५ जना पक्राउ

अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ जोरपाटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-३ घर भएका ३८ वर्षीय कृष्ण बहादुर विश्वकर्मा र  काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका-३ घर भएका २९ वर्षीय बिसाल तामाङ रहेका छन्।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ अत्तरखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भएका २१ वर्षीय बिकेश नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

कञ्चनपुर, बेदकोट नगरपालिका-१० बाट अवैध लागूऔषध खैरो  हेरोइन १४ ग्राम ६ सय ९० मिलिग्राम र नगद २० हजार ५ सय रूपैयाँ सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ घर भएका ३२ वर्षीय उद्वव साहु, ३२ वर्षीय महेन्द्र चन्द र सोही नगरपालिका-३ बस्ने ३० वर्षीय मुकेश मल्ल रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम १ सय ७० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ अठारघरे कालिझोडा बस्ने २७ वर्षीय अनिश माझीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सिराहा, गोलबजार नगरपालिका-१ बैरीबाणबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका-१३ बस्ने १९ वर्षीय सुरज यादव र १९ वर्षीय श्यमबाबु कुमार यादव रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले बैरीबाणबाट कसाहातर्फ जाँदै गरेको स.६ प ७३३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

दाङ, घोराही उपमहानगरपालिका-९ चैनपुर बस्ने २३ वर्षीय सुरेन्द्र बहादुर घर्ती मगर समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३७ ग्राम २ सय ३० मिलिग्राम र नगद ७९ हजार ५ सय रूपैयाँ सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले सुरेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी दाङ, राप्ती गाउँपालिका-१ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोहि गाउँपालिका-१ बस्ने २० वर्षीय सुजल थापा र २२ वर्षीय शिब बहादुर पुन मगर रहेका छन्। उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ स्कुलचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय कपिल घर्तीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ सय ७० ट्याब्लेट सहित नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१२ बस्ने ४० वर्षीय गणेश बास्फोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको लु.२ ख ६५१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

प्रकाशित: २७ आश्विन २०८३ १६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App