३१ श्रावण २०८३ आइतबार
image/svg+xml
अपराध

कपिलवस्तुमा पौने ५ लाख नगदसहित १५ जुवाडे पक्राउ

कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ झण्डीनगरस्थित विनोद रावतको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पौने ५ लाख रुपैयाँ नगदसहित १५ जनालाई पक्राउ गरेको छ।

लुम्बिनी प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले शनिबार दिउँसो जुवाको खालमा छापा मार्दा ४ लाख ७५ हजार रुपैयाँ नगद, २४ थान मोबाइल र ३ गड्डी तास बरामद गरेको हो।

पक्राउ पर्नेमा रुपन्देही गैडहवा गाउँपालिका–३ का प्रभुनाथ पासी, सुद्धोधन गाउँपालिका–१ का सुरेन्दर मन्लाह, कपिलवस्तु कृष्णनगर नगरपालिका–३ का विनोद एला, रुपन्देही सुद्धोधन गाउँपालिका–४ का सागर काफ्ले र अशोककुमार घिमिरे रहेका छन्।

त्यस्तै, रुपन्देही सुद्धोधन गाउँपालिका–१ का रामेश्वर थारु, गैडहवा गाउँपालिका–३ का अब्दुल रहिम, सुद्धोधन गाउँपालिका–१ का रामू सहानी, कपिलवस्तु नगरपालिका–७ का लवकुश गिरी र कृष्णनगर नगरपालिका–३ का लक्ष्मीप्रसाद जैसवाल पनि पक्राउ परेका छन्।

यसैगरी, रुपन्देही गैडहवा गाउँपालिका–३ का श्रीराम यादव, गैडहवा–८ का जगन्नाथ लोध, लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का अस्लम मुसलमान तथा दाङ लमही नगरपालिका–५ का राजु भन्ने हेमराज ज्ञवाली र विमल डाँगी पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरका अनुसार पक्राउ परेकाहरूले स्थान परिवर्तन गर्दै जुवा खेल्ने गरेको पाइएको छ। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ श्रावण २०८३ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App