११ पुस २०८२ शुक्रबार
image/svg+xml
अपराध

अन्तर्राष्ट्रिय विमानस्थल गेट नजिकैबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

शसस्त्र प्रहरी बलले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको द्वार नजिकै रहेको होटलबाट आज ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई  जनालाई नियन्त्रणमा लिएको छ ।  

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिरहाको सिरहा नगरपालिका–८ का ४० वर्षिय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षिय सामन यादवलाई नियन्त्रणमा लिइएको शसस्त्र प्रहरी प्रवक्ता कालिदास धौबजीले जानकारी दिए ।  

दर्शन नमस्ते इन होटलबाट किनबेच गर्ने तयारी गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँहरुबाट लागूऔषध ल्याई काठमाडौमा बेचविखन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रकाशित: १३ असार २०८२ १६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App