६ माघ २०८२ मंगलबार
image/svg+xml
अपराध

भैंसीले बाली खाएको विवादमा कुटिएका पुरुषको मृत्यु

बर्दियामा भैंसीले अन्नबाली खाएको विषयमा भएको विवादले हिंसात्मक रुप लिँदा एक पुरुषको ज्यान गएको छ।

गत आइतबार भएको कुटपिटबाट गम्भीर घाइते भएका मधुवन नगरपालिका–१ का ५५ वर्षीय ढुक्कुर राउतको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार गुलरिया नगरपालिका–७ का ३५ वर्षीय कृष्णरामजी यादवले राउतको खेतमा आफ्नो भैंसी पसेर बाली खाएपछि भएको विवादमा लठ्ठी प्रहार गरेका थिए।

टाउकोमा गम्भीर चोट लागेका राउतको नेपालगञ्जस्थित नर्सिङहोममा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए।

प्रहरीले कुटपिटमा संलग्न यादवलाई नियन्त्रणमा लिइसकेको छ।

प्रकाशित: ३१ जेष्ठ २०८२ १९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App