१ असार २०८२ आइतबार
image/svg+xml
अपराध

दाङमा चिर्पट प्रहार गरेर श्रीमतीले गरिन् श्रीमानको हत्या

दाङमा श्रीमानकै हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

बंगलाचुली गाउँपालिका-७ हल्दीकी ५० वर्षीया सङ्गीता सुनारी मगरलाई आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।

६५ वर्षीय पुनाराम सुनारी मगरमाथि घरायसी विवादका क्रममा दाउराको चिर्पट प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटना सोमबार राति भएको थियो।

घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको टोलीले सङ्गीतालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार हाल घटनाको थप अनुसन्धान जारी छ।

प्रकाशित: ३० वैशाख २०८२ १४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App