रुपन्देहीमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
सिद्धार्थनगर नगरपालिका-४ बुद्ध कोलोनी बस्ने ५२ वर्षीय कुश कार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
कुशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २८ वैशाख २०८२ १७:०८ आइतबार