२ असार २०८२ सोमबार
image/svg+xml
अपराध

डिपेन्डेन्ट भिसामा क्यानडा लगिदिन्छु भन्दै २० लाख ठगेको आरोपमा युवती पक्राउ

आफूलाई क्यानडाको विद्यार्थी भिसा लागेको र डिपेन्डेन्ट भिसामा पनि लगिदिने भन्दै एक युवकसँग २० लाख ठगी गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुजिता अधिकारी नाम गरेकी युवतीलाई पक्राउ गरेको जनाएको छ। दोलखा वैतेश्वर गाउँपालिका–८ घर भएकी सुजिता भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा बस्दै आएको प्रहरीले जनाएको छ।  

सुजिता २७ वर्षकी रहेको प्रहरीले जनाएको छ। उनले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र डिपेन्डेन्ट भिसामा आफूसँग लैजान्छु भनेर जाहेरवाला युवालाई झुक्यानमा पारेर २० लाख रकम लिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ। उक्त रकम लिएपछि सम्पर्कविहीन भएर ठगी गरेको पनि जाहेरकर्ता युवाले दाबी गरेका छन्।  

यस्तो जाहेरी आएपछि प्रहरीले बिहीबारै काठमाडौंको टेकुबाट सुजितालाई पक्राउ गरेको हो। पक्राउपछि अपराधिक लाभ (एक्टर्सन) सम्बन्धि  कसूर मुद्दामा थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित: २५ वैशाख २०८२ १९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App