७ माघ २०८२ बुधबार
image/svg+xml
अपराध

२२ किलो अफिमसहित बर्दियाबाट दुई पक्राउ

बर्दियाको सुर्खेत–नेपालगन्ज सडकखण्डअन्तर्गत चेपाङमा २२ किलो लागुऔषध (अफिम) सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त परिमाणको लागुऔषध फेला परेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले जनाकारी दिए।

पक्राउ पर्नेमा जाजरकोट, नलगाड नगरपालिकाका ३७ वर्षीय भक्तबहादुर शाही र चितवन, राप्ती नगरपालिकाका २७ वर्षीय कुमार वाइबा छन्।

प्रहरी नायब उपरीक्षक डमरपालका अनुसार शंकास्पद अवस्थामा देखिएपछि खानतलासी गर्दा भित्री झोलामा पोका बनाएर राखिएको अवस्थामा अफिम फेला परेको थियो। शाहीले मोटरसाइकल चलाएका थिए भने वाइबा पछाडि सवार थिए।

अदालतबाट म्याद थपको अनुमति लिएर प्रहरीले सोमबार दुवैलाई सार्वजनिक गरेको छ। अनुसन्धान जारी रहेको डमरपालले बताए।

प्रकाशित: २२ वैशाख २०८२ १९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App