रूपन्देहीको सियारी गाउँपालिका–७, हिरागंजस्थित न्यू कामना इँटा उद्योगमा कार्यरत भारत गोरखपुर जगल–६ का ४० वर्षीय निष्ठुरी केवटको हत्या आरोपमा सियारी गाउँपालिका–६, बर्दहवाका २४ वर्षीय कृष्ण केवटलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ।
प्राप्त जानकारीअनुसार, झैझगडाका क्रममा भएको कुटपिटमा गम्भीर घाइते भएका निष्ठुरी केवटको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मृत्यु भएको थियो।
घटनाको सूचना प्राप्त हुनेबित्तिकै इलाका प्रहरी कार्यालय, छपियाबाट खटिएको टोलीले कृष्ण केवटलाई पक्राउ गरेको हो।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: ४ माघ २०८१ १४:४५ शुक्रबार





