६ माघ २०८२ मंगलबार
image/svg+xml
अपराध

१२ वर्षीया बालिकासँग विवाह गर्ने र गराउने दुई पक्राउ

१२ वर्षीय बालिकाको विवाह गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अर्घाखाँचीको  भुमिकास्थान नगरपालिका–९ की शकुन्तला सारू र सन्धिखर्क नगरपालिका–८ का मुमाराम बिक पक्राउ परको हुन् । 

पक्राउ परेकामध्ये शकुन्तलाले १२ वर्षीय बालिकालाई काम लगाइदिने भन्दै घर बोलाएर मुमारामसँग विवाह गराइदिएको आरोप रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

शकुन्तलाले मिलाइदिएपछि मुमारामले ती बालिकालाई सिन्दूर हालेर घर भित्र्याएको आरोप छ । बालिकाका काकाले प्रहरीसमक्ष दिएको जाहेरीका आधारमा दुवै जना पक्राउ परेको प्रहरीले जनाएको छ । 

प्रहरीले पक्राउ गरेर दुवै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ । 

प्रकाशित: १६ पुस २०८१ १७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App