३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
अपराध

लागूऔषध सहित ८ जिल्लाबाट १४ जना पक्राउ

अवैध लागूऔषध सहित प्रहरीले ८ जिल्लाका विभिन्न स्थानबाट १४ जनालाई नियन्त्रणमा लिएको छ।

मोरङ, विराटनगर महानगरपालिका-३ बाट नियन्त्रित लागूऔषध डाइक्लोमाइन ३ हजार ९ सय ७० ट्याब्लेट र ट्रामाडोल ३ हजार ९ सय ९० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बुढीगंगा गाउँपालिका-२ गंगाचोक घर भएका २७ वर्षीय करन प्रधान र २१ वर्षीय अनिस परियार रहेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

बाँके, बैजनाथ गाउँपालिका-१ र २ को सिमाना नजिक मुलाटाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्ने २८ वर्षीय याम बहादुर बुढा र ३३ वर्षीय टोप बहादुर रोकाय रहेका छन्। इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी बाँके, बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने २४ वर्षीय बीर बहादुर थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय २० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी बिट न्यू सिटीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट ७ ट्याब्लेट सहित बर्दिया राजापुर नगरपालिका-१ बस्ने २३ वर्षीय प्रमोद थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

सिन्धुली, दुधौली नगरपालिका- ४ बस्ने २५ वर्षीय राजु धामी दनुवारलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब २ किलो २ सय ७२ ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।

ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धी नयाँबाटोबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९९ ट्याब्लेट, अवैध लागूऔषध गाँजा १ सय ९० ग्राम र डिजिटल तराजु २ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय रोहन पाण्डे, सुनसरी घर भएका ३१ वर्षीय गौतम शर्मा र ललितपुर महानगरपालिका-२३ हात्तीवन बस्ने चितवन घर भएका ४३ वर्षीय अनिल कुँवर रहेका छन्।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

सुर्खेत, लेकवेशी नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय छिन्चु समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

चितवन, भरतपुर महानगरपालिका-९ बिहानी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय सुरेश गुरूङ समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका-७ सहिदचोकबाट नियन्त्रित लागूऔषध एलएसडी १ हजार पिस र नगद ७ लाख ४० हजार रूपैयाँ सहित भारत केरला घर भएका २८ वर्षीय आयुस अजितलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

उल्लेखित सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०८३ १४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App