प्रहरीले लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरले सञ्चालन गरेको लागुऔषध अपराध विरुद्धको अपरेसनमा ११ जना पक्राउ परेका हुन् ।
लागुऔषधको कारोबार नियन्त्रण गर्न व्युरोले गस्ती र चेकजाँच बढाएको बताउँदै अभियान नै चलाएको व्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले बताए
पक्राउ पर्नेमा इलामका सुजन पाख्रिन, झापाका मिनकुमार चाहार र आशिष भनिने भगवती राई तथा विवेक गौतम रहेका छन् ।
त्यस्तै गोरखाका सुनिल लामा, नुवाकोटका अनिल तामाङ र सरोज राई काभ्रेका प्रदीप थापामगर तथा मनाङका सुमन गुरुङ छन् । त्यस्तै भारतको उदयपुर भूपालपुराका हर्षित डाँगी र राजस्थान जयपुरका मानिक गुलाटीलाई पक्राउ गरेको लागुऔषध व्युरो कोटेश्वरका सह प्रवक्ता प्रहरी नायव उपरीक्षक जिवन निरौलाले जानकारी दिए ।
प्रकाशित: ६ वैशाख २०८३ १९:२२ आइतबार


-600x400.jpg)


