२० श्रावण २०८३ बुधबार
image/svg+xml
अपराध

भारतीय नम्बरको कारबाट १०९ केजी गाँजा बरामद, दुई जना पक्राउ

प्रहरीले सर्लाहीबाट १०९ केजी गाँजा सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

लालबन्दी नगरपालिका –०१ स्थित जिल्ला ट्राफिक कार्यालय नवलपुर अगाडि भारतीय कारबाट १०९ केजी गाँजा बरामद गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाही र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको भारतीय कार रोकी चेकजाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ पोकामा प्याक गरिएको करिब १०९ केजी लागूऔषध गाँजा बरामद गरिएको हो।

कार चालक भारत सितामढी जिल्ला समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो तथा सोही कारमा सवार सोही ठेगाना भएका २५ वर्षीय अमन कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बरामद भएको गाँजा, कार तथा पक्राउ परेका व्यक्तिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ श्रावण २०८३ १२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App