१ असार २०८३ सोमबार
image/svg+xml
भिडियो

सीमासम्बन्धी प्रधानमन्त्री शाहको अभिव्यक्तिः राजनीतिक, कूटनीतिक र राष्ट्रियस्तरको तरंग

(भिडियोसहित)

प्रधानमन्त्री बालेन्द्र शाह, कमै बोल्छन् । काठमाडौं महानगरको मेयर हुँदा होस् वा गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका समय देश दौडाहामा रहेका समय किन नहोस् । उनले बोलेको कमैमात्र सुनिन्छ ।

संसदमा लामो समय नबोलेका उनै प्रधानमन्त्री शाहले आइतबार दिएको नेपालले पनि भारतीय भूमि मिचेको छ भन्ने अभिव्यक्तिले अहिले देशमा हलचल मच्चिएको छ। आलोचनाको बाढी आएको छ। कार्यकारी प्रमुखबाट आएको यसप्रकारको अभिव्यक्तिको विदेशमा समेत चर्चा चलिरहेको छ। भारतीय मिडियाले त बालेनको अभिव्यक्तिलाई प्राथमिकताका साथ ठाउँ दिएका छन्। 

नेपाल–भारत सीमा विवाद नेपाली राजनीतिको सबैभन्दा संवेदनशील विषयमध्ये एक हो। राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष जोडिने भएकाले यस विषयमा राज्यका जिम्मेवार पदाधिकारीले गर्ने हरेक अभिव्यक्ति केवल व्यक्तिगत धारणा मात्र रहँदैन, त्यसले राष्ट्रिय अडानको प्रतिनिधित्व पनि गर्छ। यही कारण प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको एउटा अभिव्यक्तिले यतिबेला व्यापक राजनीतिक, कूटनीतिक र बौद्धिक बहस जन्माएको छ।

प्रकाशित: १८ जेष्ठ २०८३ १९:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App